म्याराथन दौड अवधि एथलिट 19 वर्षीय नन्दी बर्मनको मृत्यु

सिलगढी: सिलगढी शहरलाई मादक पदार्थदेखि मुक्त बनाउने सन्देश दिनको लागि नर्थ बंगाल रनर्स संगठनको तर्फबाट आयोजित 10 किलो मीटर म्याराथनको अवधि उक्त म्याराथान दौडमा अंश ग्रहण गर्ने 19 वर्षीय एथलीट नन्दी बर्मनको मृत्यु भएको छ। सानैदेखि भारतीय फौजमा भर्ना हुने सपना देखेका नन्दी बर्मनले हिजो म्याराथनमा आफ्नो जिन्दगी नै हारे। घटनाक्रम अनुसार, म्याराथनमा दौडी रहेको समय आधा बाटोमा नै नन्दी बर्मनको हृदयघात भएपछि तिनी सड़कमा नै लडे। यसपछि तिनलाई संगठनका मानिसहरूले तत्कालै नर्सिङ होममा भर्ना गरे तापनि तिनको त्यहाँ नै निधन भयो। यसपछि उक्त घटनाको खबर मृतक नन्दीको परिवारलाई दिए। यस घटनालाई लिएर मृतक नन्दी बर्मनका दाज्यु रवि बर्मनले भने, तिनी म्याराथन जित्नको लागि गएका थिए तर तिनी जिन्दगी कै दौड सदाको लागि हारे। नन्दीले भारतीय फौजमा भर्ना हुनको लागि तयारी गरिरहेका थिए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *