याबा ट्याबलेट सहित पक्रा परेकाहरू पुलिस हिरासतमा

सिलगढी: सिलगढीको प्रधान नगर थानाको पुलिसले सादा पोशाकमा तेञ्जिङ नर्गे बस स्टान्ड परिसरबाट गत 1 अक्टोबरको दिन अभियान चलाएर 196 वटा याबा ट्याबलेट सहित कमल ठाकुर र राणा ठाकुरलाई पक्राउ गरेको थियो। यसपछि 2 अक्टोबर अदालतमा सरकारी विदा भएकोले तिनीहरूलाई दुई दिन पुलिस हिरासतमा राख्ने निर्देश भएपछि आज फेरि दुवैलाई एनडीपीएस एक्ट मामिला अन्तर्गत अदालतमा पेश गरेपछि तिनीहरूलाई सात दिनको पुलिस हिरासतमा पठाइएको छ। पुलिसले मामिलाको जाँच शुरू गरेको बताइएको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *