लाखौं रूपियाँको सुनका बिस्कुट सहित तस्कर पक्राउ

सिलगढी (निसं): इन्डो – बंग्लादेश बार्डरको बाटो भएर सुनको तस्करी गर्ने योजना बनाएर कुचबिहारबाट सिलगढी हुँदै बिहारमा सोना तस्करी गर्न अगावै डीआरआई-ले सिलगढीबाट एकजना तस्करलाई सुनका बिस्कुटहरूसितै पक्राउ गरेको छ। डीआरआई-ले सिलगढीको रेगुलेटेड मार्केट छेउबाट गत राति लाखौं रूपियाँको सुनका बिस्कुटहरूसितै मुकेश कुमारलाई पक्राउ गरेको छ। तिनी बिहारको छपरा निवासी रहेको बताइएको छ। डीआरआई-ले आरोपी मुकेश कुमारलाई गैरकानूनी रूपमा सुनको तस्करी गरेको आरोपमा कस्टम एक्ट अन्तर्गत मामिला दर्ता गरेर आज सिलगढी अदालतमा पेश गऱ्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *