लोकसभा चुनाउको रणनीति तयार गर्न अभिषेक ब्यानर्जी कूचबिहार प्रस्थान

फूलबारी (निसं): लोकसभा चुनाउको रणनीति तय गर्नका लागि तृणमूल काङ्ग्रेसका अखिल भारतीय महासचिव अभिषेक ब्यानर्जी कूचबिहार गए। आज अभिषेक ब्यानर्जी सिलगढी संलग्न फूलबारीबाट हेलीकप्टरमा सवार भएर कूचबिहारको लागि प्रस्थान गरेका छन्। तिनी कूचबिहारको रास मेला मैदानमा बनाइएको हेलीपेडमा अवतरण गर्ने भएको बताइएको छ। तिनले मदनमोहन बाड़ीमा पूजा-अर्चना गर्नेछन्। यसपछि तिनी कूचबिहारको जिल्ला नेताहरूसित बैठक गर्नेछन्। यस अवधि तिनले कर्मीसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यसपछि अभिषेक ब्यानर्जी हाँसीमाराबाट हेलीकप्टरमार्फत कोलकता प्रस्थान गर्ने भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *