सिलगढीको खोलाचन्द फापरीबाट तीनवटा देशी बम उद्धार

सिलगढी (निसं):  लोकसभा चुनाउलाई लिएर राजनीतिक माहौल गर्मिएको छ।  अब मतदान हुन केही दिन मात्र छ। चुनावी गर्मीसितै यता, सिलगढीको भक्ति नगर थाना अन्तर्गत खोलाचन्द फापरी इलाकामा ब्रीज नजिक तीनवटा देशी बम फेला परेपछि आतङ्कको माहौल देखा परेको छ। बम भेट्टाइएको खबर पाउन साथ भक्ति नगर थाना पुलिस घटनास्थलमा पुगेर इलाकालाई आफ्नो नियन्त्रणमा लिएर यसको सूचना सीआईडी बम स्क्वायडलाई दियो। यसपछि सीआईडी बम स्क्वायडको टीम घटनास्थलमा पुगे अनि बमहरू उद्धार गरेर तोरीबारी नदी किनारमा लिएर गएपछि त्यसलाई निष्क्रिय पारिदिए।  बम भेट्टाइए पछि सिलगढी मेट्रोपलिटन पुलिस हाई अलर्टमा रहेको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *