सिलगढीको बाउबजार इलाकामा तीनवटा घर जलेर भष्म

सिलगढी: सिलगढीको समर नगर बाउबजार सङ्लग्न इलाकामा गत राति भएको भयावह अग्नि काण्डमा तीन वटा घर पूर्ण रूपमा जलेर भष्म भएको छ। उक्त आगलागीमा घर सहित लाखौ रूपियाँको सर-सामानहरू जलेर नष्ट भएको बताइएको छ। आगो के कारणले लाग्यो भन्ने कुरा अझसम्म पनि स्पष्ट भएको छैन्। प्राप्त जानकारी अनुसार गत राति बउबजार इलाकामा महानन्दा नदी किनारमा रहेको सामान राख्ने दुईवटा घरबाट धुवाँ निस्केको देखेपछि गाउँलेहरूले अग्निशमन विभागलाई जानकरी दिए। यसपछि अग्निशमन विभागको वाहन आए तापनि घटना स्थलसम्म वाहन पुग्ने बाटोको व्यवस्था नभएकोले त्यहाँ पुग्न नसकेपछि अन्तमा घरहरू जलेर भष्म भयो। तथापि गाउँलेहरूले आगोलाई पानीले निभ्याउने प्रयास गरे तापनि तिनीहरू आगोलाई नियन्त्रणमा ल्याउन सफल भएनन्। बाउबजारको बाटो चौडादार नभएकोले गर्दा नै आगलागीबाट ती घरहरू जोगाउन नसकेको भन्दै स्थानीय मानिसहरूले रोष प्रकट गर्दै बाटो चौडादार गरिनु पर्ने माग गरे।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *