सिलगढीको भिन्न-भिन्नै ठाउँमा एटीएम लुट्ने प्रयास गरेको आरोपमा दुई जना युवक पक्राउ

सिलगढी: सिलगढीको प्रधान नगर थानाले दुई भिन्न-भिन्नै ठाउँमा एटीएम लुटने असफल प्रयास गरेको मामिलामा दुईजना आरोपीलाई पक्राउ गरेको छ। यसको साथै समर नगर बटतला इलाकाको एटीएममा तोड़फोड़ गरेर बदमाशहरूले चोरी गरेका समानहरू पनि पुलिसले उद्धार गरेको छ। प्रधान नगर थानामा पत्रकार सम्मेलन गरेर एसीपी चन्दन दासले यसबारे जानकारी दिएका छन्। तिनले बताए अनुसार गत 27 अगस्तको राति समर नगर बटतला इलाकामा एटीएम लुटने असफल प्रयास गरेको आरोपमा घटनाको 72 घण्टा अवधिमा अमल रायलाई पक्राउ गरेको छ। यसको साथै चोरी भएको एटीएम मसिनको पार्ट्स पुलिसले महानन्दा नदीबाट उद्धार गरेको छ।


यसैगरी, 28 अगस्त अबेर राति प्रधान नगर थाना अन्तर्गत अर्को एउटा एटीएम लुटने कोशिश गरेको आरोपमा एएसआई असीत दासले राणा टिग्गा उर्फ सौरवलाई पक्राउ गरेको छ। एसीपी चन्दन दासले बताए अनुसार प्रधान नगर थानाको आईसी साथै सादा पोशाक पुलिसको कारणले गर्दा नै आरोपीहरूलाई पक्राउ गर्न सम्भव भएको हो। पक्रा पर्ने दुवै आरोपीलाई पुलिसले पाँच दिनको हिरासतमा लिएको तिनले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *