सिलगढीको मारवाड़ी युवा मञ्च मुस्कान शाखाद्वारा जागरूकता शिविर

सिलगढी: सिलगढीको मारवाड़ी युवा मञ्च, मुस्कान शाखाको तर्फबाट आज कावाखालीको एउटा निजी स्कूलमा नि:शुल्क नेत्र जाँच शिविर, क्यान्सर जागरूकता शिविर सहित केही जागरूकता कार्यक्रमको आयोजना गरियो। यस वाहेक, मारवाड़ी युवा मञ्चको तर्फबाट वस्त्रहरू वितरण गर्नको साथै दिव्याङ्गहरूलाई व्हील चेयर पनि प्रदान गरियो।


यस अवसरमा उत्तरबंग मेडिकल कलेजका डीन डा. सन्दिप सेन गुप्ता, मारवाडी युवा मञ्चका सचिव संजीत अग्रवाल, मारवाडी युवा मञ्च मुस्कान शाखा अध्यक्ष संगीता सराफ, प्रोजेक्ट चेयरपर्सन नीलम बन्सल, बिन्दु अग्रवाल अनि संगठनका अन्य सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *