सिलगढीको विकास गर्नको लागि नगर निगम र एसजेडीए-का अधिकारीहरूमाझ बैठक, विविध समस्या समाधान गर्नेबारे सहमति

सिलगढी (निसं) : सिलगढीको विकासको लागि नगर निगम अनि सिलगढी जलपाइगढी विकास प्राधिकरण (एसजेडीए)ले संयुक्त रूपमा पहल गरिरहेको छ। यस सम्बन्धमा आज एसजेडीए कार्यालयमा एउटा बैठक गरियो। यस अवधि नगर निगमका मेयर गौतम देव, एसजेडीए चेयरम्यान सौरभ चक्रवर्ती, डिप्टी मेयर रञ्जन सरकार, नगर कमिश्नर सोनम वांगदी भूटिया, पुलिस कमिश्नर अखिलेश चतुर्वेदी, दार्जिलिङका जिलाशासक एस पन्नमबलम सहित मेयर परिषदका सदस्य लगायत अन्य अधिकारीकारीहरू उपस्थित थिए। बैठकमा दुवै पक्षमाझ विशेष गरेर सिलगढीको समग्र विकासबारे चर्चा गरे। नगर निगम अनि एसजेडीए मिलेर सिलगढीको विभिन्न समस्याहरू समाधान गर्नका लागि काम गर्ने निर्णय लिएको छ। जल निकासी साथै सड़कको कार्यहरूमा विशेष जोड दिएको छ। यसको साथै परिवहन अनि यातायातको समस्या समाधानको लागि पनि कदम उठाइने भएको छ।  हाल एसजेडीए सिलगढीमा 20  वटा परियोजनाको काम चलिरहेको छ। साढ़े पाँच करोड़को परियोजनाहरू पूरा भइसकेको छ। आजको बैठकमा नगर निगमको तर्फबाट 7 करोड़को परियोजना प्रस्ताव राखेको छ। सहरको सुरक्षाको लागि अत्याधुनिक सीसी क्यामेरा लगाइने छ। यातायात समस्या समाधानको लागि कम्तीमा तीन ठाउँमा आधुनिक पार्किंङ स्थलको व्यवस्था गरिने छ। यसको लागि जमीन चिन्हित भइसकेकोले अब चाँडै एसजीडीए र नगर निगमका अधिकारीहरूले जमीनको निरीक्षण गर्ने भएको बताइएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *