सिलगढीमा ‘बांग्ला विकल्प राजनीति’ गुमनाम पोस्टर, गर्मियो राजनीतिक बहस

सिलगढी (निसं): बांग्ला विकल्प राजनीतिलेखिएका गुमनाम पोस्टरहरू अचानक सिलगढी शहरमा देखा परेको छ। लोकसभा चुनाउको ठीक अघि शहरमा यस प्रकारको राज्यमा सत्ता परिवर्तन अर्थात विकल्पको राजनीतिलाई लिएर देखा परेका पोस्टरहरूले गर्दा राजनीतिक बहस शुरू भएको देखिन्छ। आज बुधवार सिलगढीको हासमी चौक, कञ्चनजङ्घा स्टेडियम अनि हस्पिटल मोडमा यी पोस्टरहरू टाँसिएको थियो। उक्त घटनालाई लिएर यहाँको ठण्डा मौसममा पनि शहरमा राजनीतिक बहस गर्मिएको छ। यी पोस्टर काण्डलाई लिएर तृणमूल र भाजपाले एक-अर्कालाई दोषारोपण गरिरहेको देखिन्छ। यसको साथै यी पोस्टरहरू कसले अनि किन लगायो भन्ने भन्ने विषयमा पनि व्यापक चर्चा-परिचर्चा सुरू भएको छ।


 

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *