सिलगढी, 4 दिसम्बर: एसओजी र भक्तिनगर थाना पुलिसले मादक पदार्थको तस्करी गरेको आरोपमा एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिको बाट लगभग 1 किलो 300 ग्राम ब्राउन सुगर उद्धार गरेको छ। यसको अनुमानित बजार मूल्य 50 लाख रुपियाँ रहेको अनुमान गरिएको छ। पक्रा परेका व्यक्तिको नाम हरि दास बर्मन (40) हो। उनी खोरीबारी निवासी हुन्।
प्राप्त जानकारी अनुसार, आरोपी खोरीबारीबाट बाइकमा सवार भएर सिलगढी आएपछि उनले यहाँको 43 नम्बर वार्ड अन्तर्गत एउटा भवनको पछि ब्राउन सुगरको तस्करी गर्न पुगे। यसै क्रममा एसओजी र भक्तिनगर थाना पुलिसले संयुक्त अभियान चलाएर आशंकाको आधारमा उनलाई नियन्त्रणमा लिएको थियो। यसपछि छानबिन गर्दा तिनको एउटा ब्यागभित्र भएको दुई वटा प्याकेटमा ब्राउन सुगर फेला पऱ्यो। उद्धार गरिएको उक्त ब्राउन सुगरको ओजन लगभग 1 किलो 300 ग्राम रहेको छ र यसको बजार मूल्य 50 लाख रुपियाँ तोकिएको छ। हाल, पुलिसले आरोपीलाई पक्राउ गर्नको साथै विस्तृत जाँच शुरु गरेको छ।
