सिलगढी जंक्सनमा लावारिश ब्यागबाट 4 वटा पिस्तोल उद्धार, मानिसहरू आतङ्कित

सिलगढी (निसं): काली पुजाको ठीक अघि सिलगढीको जंक्सन ट्राफिक गार्ड नजिक आज बिहिवार साँझ भेट्टाइएको दुईवटा ब्याग भित्रबाट चार वटा पिस्तोल उद्धार भएपछि सनसनी फैलिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार सिलगढी जंक्सन ट्राफिक गार्ड सामु राखिएको दुई वटा लावारिश ब्याग दोकानदारहरूले देखेपछि यसबारे जंक्सन ट्राफिक गार्डलाई तुरन्तै खबर दिए। यसपछि सिलगढी जंक्सन ट्राफिक गार्डले यसको सूचना प्रधान नगर थानालाई दियो। सूचना पाएर प्रधान नगर थानाको पुलिस घटनास्थलमा पुगेर दुवै वटा ब्यागको छानबिन गरे। यस छानबिन अवधि पुलिसले दुई वटा ब्यागबाट चार वटा पिस्तोल उद्धार गरेको छ। पुलिस उक्त ब्यागको मालिकको खोजीमा जुटेको छ।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *