सिलगढी नगर निगमद्वारा अवैध अतिक्रमणमाथि चलाइयो बुलडोजर,  50 भन्दा अधिक दोकान-घर हटाइयो  

सिलगढी: सिलगढीमा बढ्दो अवैध अतिक्रमणलाई रोक्ने उद्देश्य लिएर सिलगढी नगर निगमले पनि कठोर पहल शुरू गरेको छ। अबदेखि सिलगढी शहर अनि यसको संलग्न क्षेत्रमा अवैध कब्जा, सड़क किनारमा अतिक्रमणलाई सहन नगर्ने बताइएको छ। यदि सिलगढी शहरको कुनै पनि ठाउँमा अतिक्रमण गरेको थाहा पाउन साथ त्यसलाई हटाउनको लागि नगर निगमले बुलडोजर चलाउने कठोर निर्णय लिएको छ। यसैक्रममा सिलगढी नगर निगमले अतिक्रमणको खबर पाएपछि भक्ति नगर थाना अन्तर्गत इस्टर्न बाइपास इलाकाको पीडब्लूडीको जमिनमा सड़क किनारमा अतिक्रमण गरेर अवैध निर्माण गरेर थापेका पसलहरू लगायत अन्य सबै अवैध कब्जामाथि आज बिहान पुलिस प्रशासनको सहयोगमा कठोर कार्वाही गर्दै चार वटा जेसीबी मशिन चलाएर अतिक्रमण हटाइयो। यस अभियान अवधि लगभग 50 वटा साना-ठूला अवैध दोकान तथा अन्य सबै हटाइएको छ। अर्कोतिर, सिलगढी नगर निगमको उक्त कार्वाहीमाथि पिडित मानिसहरूले आक्रोश व्यक्त गरेका छन्।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *