सिलगढी मेट्रोपोलिटन पुलिसद्वारा डेढ़ वर्षमा 100 करोड़ रूपियाँको मादक पदार्थ जफत,  444 जना पक्राउ :  डीसीपी कुंवर भूषण

सिलगढी (नि.सं.): सहरलाई मादक पदार्थ मुक्त राक्नको लागि सिलगढी मेट्रोपोलिटन पुलिसलाई लगातार सफलता प्राप्त भइरहेको छ।  यसको लागि डीडी र एसओजी-ले विशेष कठोर मेहनत गरिरहेको छ।  हालसम्म 100 करोड़ रूपियाँ भन्दा अधिकको मादक पदार्थ जफत गरिसकेको छ। डीसीपी कुंवर भूषण सिंहले आज पुलिस कमिश्रनरेटमा पत्रकार सम्मलेन गरेर यसबारे जानकारी दिएका छन्। तिनले दिएको जानकारी अनुसार गत डेढ़ वर्ष अघि सिलगढी मेट्रोपोलिटन पुलिसले से नो टू ड्रग्सअभियान शुरूआत गरेको थियो भने त्यही अभियान अन्तर्गत हालसम्म लगभग 100 करोड़ रूपियाँको मादक पदार्थ जफत गरिसकेको छ। यसैगरी,एनडीपीएस-को 253 मामिला दर्ता गरिसकेको छ, जसमा 444 जनालाई पक्राउ गरिसकेको छ। डीसीपी कुंवर भूषण सिंहले अझ भने, हिज मंगलवार पनि एसओजी र बागडुग्रा थाना पुलिसले संयुक्त अभियान चलाएर 2 किलो 276 ग्राम ब्राउन शुगर जफत गरेको छ, जसको बजार मूल्य लगभग 4 करोड़ 40 लाख रूपियाँ रहेको छ। उक्त मामिलामा आरोपी चन्दन कुमारलाई पक्राउ गरेर एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर आज सिलगढी अदालतमा पेश गरियो। यसको साथै मामिलाको जाँच गर्नको साथै यसको नेटवर्कसम्म पुग्नको लागि पुलिसले अदालत समक्ष आरोपीलाई रिमान्डको लागि पनि माग गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *