सीएए, एनआरसी, एनपीआर-को विरोधमा खोरीबारीमा ऱ्याली

खोरीबारी: खोरीबारीको तृणमूल कांग्रेस किसान खेत मजदुर तथा लोक शिल्पीको आयोजनामा आज खोरीबारीमा सीएए, एनआरसी, एनपीआर-को विरोधमा विशाल ऱ्याली निकालिइयो। यस अवसरमा किसान खेत मजदूरका जिल्ला अध्यक्ष छोटन किस्कू, खोरीबारी तृणमूल कांग्रेस अध्यक्ष हिरणमय राय, खोरीबारी किसान खेत मजदुर अध्यक्ष सत्य कुमार सिंह, चारैवटा अञ्चलका अध्यक्ष लगायत धेरै संख्यामा कार्यकर्ताहरू उपस्थित थिए। उक्त विरोध ऱ्याली यहाँको पार्टी कार्यालयबाट शुरू भएर विभिन्न स्थानहरूको परिक्रमा गऱ्यो। ऱ्याली पछि सम्पन्न जनसभालाई सम्बोधन गर्दै वक्ताहरूले सीएए, एनआरसी, एनपीआर-को विरोध गर्ने आह्वान गरे। यसको साथै केन्द्र सरकारको जनविरोधी नीतिहरूको पनि तिनीहरूले खुलेर आलोचना गर्दै विरोध जनाए।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *