सुपारी बागानमा भेट्टाइयो नवजात शिशुको शव

मालबजार: जलपाईगढ़ी जिल्लाको माल ब्लकको कुमलाई ग्राम पञ्चायत इलाकाको नेवरा बस्तीस्थित सुपारी बगानमा एकजना नवजात शिशुको शव भेट्टाइएपछि इलाकामा सनसनी फैलिएको छ। स्थानीय सूत्र अनुसार आज बिहान स्थानीय मानिसहरूले सुपारी बगानमा उक्त नवजात शिशुको शव देखेपछि यसबारे माल पुलिसलाई जानकारी दिए। खबर पाउन साथै माल पुलिस घटनास्थलमा पुगेर शवलाई उद्धार गर्नको साथै पोस्टमार्टमको लागि पठाइ दिएको बताइएको छ।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *