हेमिल्टनगञ्जमा झुन्डिएको अवस्थामा व्यवसायीको शव उद्धार

अलीपुरद्वार (निसं): कालचिनी ब्लकको हेमिल्टनगञ्ज इलाकाको एकजना व्यवसायीको शव घाँटीमा पासो लगाएर झुन्डिएको अवस्थामा भेट्टाइएपछि सनसनी फैलिएको छ। मृतकको नाम अरूप देबनाथ रहेको छ। जानकारी अनुसार आज बुधवार बिहान अरूपलाई घरभित्र नै घाँटीमा पासो लगाएर झुन्डिएको अवस्थामा परिवारका सदस्यहरूले देखे। यसपछि कालचिनी थाना पुलिसलाई यसबारे सूचना दिए। खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गर्नको साथै पोस्टमार्टमको लागि अलीपुरद्वार जिल्ला अस्पतालमा पठाइ दिएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *