1 जनवरीदेखि सिलगढीमा नाट्य मेला सुरू

सिलगढी (निसं): 20औ सिलगढी नाट्य मेला सिलगढीको दीनबन्धु मञ्चमा आगामी 1 जनवरीदेखि 6 जनवरीसम्म आयोजना गरिने भएको छ। सिलगढी नाट्य मेलाका सदस्यहरूले बुधवार सिलगढी जर्नलिस्ट्स क्लबमा पत्रकार सम्मेलन  गरेर यसबारे जानकारी दिएका छन्। नाट्य मेलाका सदस्यहरूले भने, 1 जनवरीको दिन नाट्य मेला उद्घाटनको अवसरमा सिलगढीको बाघजतिन पार्क अघिल्तिरबाट एउटा शोभायात्रा निकालिइने छ। उक्त शोभायात्राले सहरको विभिन्न पथहरूको परिक्रमा गरेपछि अन्तमा दीनबन्धु मञ्चमा पुगेर समाप्त हुनेछ। यसैगरी, 2 जनवरीको दिन प्रसिद्ध रंगकर्मी नाट्य मेलाको उद्घाटन हुनेछ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *