103 किलो गाँजा सहित दुईजना पक्राउ

सिलगढी : स्पेशल अपरेशन ग्रुप (एसओजी) र मतिगढा  थाना पुलिसले सादा पोसाकमा संयुक्त अभियान चलाएर 103 किलो गाँजा सहित 2 जना व्यक्तिलाई पक्राउ गरेको छ। यसको साथै पुलिसले असम नम्बर भएको एउटा  ट्रक पनि जफत गरेको छ। पक्रा परेकाहरू क्रमैले शौहर अली (25) र महीबुल हुसेन (35) सामेल छन्। प्राप्त जानकारी अनुसार गत राति असम नम्बर भएको एउटा ट्रकमा धेरै मात्रामा गाँजा बोकेर लगिरहेको एसओजीको टोलीले गोप्य सुइँको पाएपछि एसओजी टोलीले मतिगढा थाना पुलिसको सहयोगमा परिवहन नगर इलाकामा अभियान चलाएर एउटा असम नम्बरको ट्रकलाई रोकेर छानबीन गरे। उक्त ट्रकबाट गाँजाको केही प्याकेट उद्धार गर्यो जसको अनुमानित ओजन 103 किलो रहेको छ। पुलिसले गाँजा तस्करी गरेको आरोपमा दुईजना व्यक्तिलाई पक्राउ गरेपछि आज ती दुई आरोपीलाई सिलगढी अदालतमा पेश गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *