107 टीएलाई पराजित गरेर सहिद राइफलमेन बेन्जामिन राई स्मृति कप एमएमएफसी निरपानीको झोलीमा

टिस्टा भेल्ली (निसं): सहिद राइफलमेन बेन्जामिन राई स्मृति नगद राशी फुटबल प्रतियोगिताको अति नै रोमाञ्चक फाइनल खेलमा 107 टीए दार्जिलिङलाई पराजित गरेर एमएमएफसी निरपानी च्याम्पियन बन्यो। टिस्टा भेल्ली डीपी साइड युनाइटेड स्पोर्टिङ्ग क्लबको सफल आयोजनामा सम्पन्न सहिद राइफलमेन बेन्जामिन राई स्मृति फुटबल कपको फाइनल खेल 72औ गण्त्रान्त दिवसको अवसरमा विभिन्न देश भक्ति नृत्यको साथै विविध रंगारंग कार्यक्रमको साथमा सम्पन्न भयो। रोमाञ्चक फाइनल खेलको निर्धारित समय अवधि दुवै टोलीको तर्फबाट एकाधिक विपक्षी पोस्टमा आक्रमण भए तापनि कुनै गोल हुन नसकेपछि अन्तमा खेलाइएको पेनल्टी सुटआउटमा 107 टीए दार्जिलिङलाई 5-4 गोलले पराजित गरेर एमएमएफसी निरपानीले ट्रफीसहित नगद 2 लाख रूपियाँ जित्यो। फाइनल खेलमा उत्कृष्ट खेलको प्रदर्शन गर्ने निरपानीका खेलाडी (10 नम्बर) रोशनलाई म्यान अफ द म्याच चयन गरियो। उक्त प्रतियोगिताको विजेता टोलीलाई आकर्षक ट्रफीसँगै 2 लाख अनि उपविजेता टोलीलाई आकर्षक ट्रफी सहित 1 लाख रूपियाँ अतिथिहरूका बाहुलीबाट प्रदान गरियो।


टिस्टा भेल्ली चियाबारीका सह-प्रबन्धक बिरेन्द्र अब्जसको प्रमुख आतिथ्यमा तथा भुतपूर्व चर्चित फुटबल खेलाडी सीपी राईको सभापतिमा सम्पन्न भएको फाइनल म्याच हुन अघि फ्रेन्डली म्याच सेयर कालेबुङ गर्ल्स बनाम सोरेङ एकाडमी सिक्किम गर्ल्समाझ रोमाञ्चक खेल सम्पन्न भयो, जसमा सोरेङ एकाडमी एकको विरूद्ध चार गोल गरेर विजय बन्यो। यसैगरी, खेल आयोजक समितिको तर्फबाट मिडिया सेल एवम् सञ्चार कर्मी, स्वास्थ्य कर्मीहरूलाई पनि स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो।यसको साथै हालै मुम्बई म्याराथन दौडमा 42 किलोमिटरको दौडमा भाग लिएर प्रथम स्थान जित्न सफल भएकी टिस्टा भेल्ली निवासी श्रीमति सरस्वती राई अनि सोही दौडमा जातिय भेषभुषामा सजिएर अंशग्रहण गर्दै शिर्ष 10 स्थान हासिल गर्न सफल बनेकी रामपुरियाका धावक सोनिया राईलाई पनि सम्मान स्वरूप स्मृति चिन्ह प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *