10 अप्रेलमा रामनवमी रहेकोले फुलबारीमा तयारी शुरू

राजगञ्ज : आगामी 10 अप्रेलको दिन रामनवमी रहेकोले फुलबारीमा हिन्दु जागरण मञ्चका सदस्यहरूले यसको तयारी जोडतोडले गरिरहेका छन्। आज बिहानैदेखि हिन्दु जागरण मञ्चका सदस्यहरूले फुलबारीको विभिन्न ठाउँहरूमा राम नवमीको उपलक्ष्यमा गेरुवा झण्डा तता फ्लेक्स लगाइरहेको देखियो। यस सम्बन्धमा हिन्दु जागरण मञ्चका सदस्य राजीव साहाले बताएअनुसार कोरोना महामारीले गर्दा लगभग अढाई वर्षपछि रामनवमीको अवसरमा एउटा शोभायात्रा निकालिइने भएको छ। यो पारम्परिक उत्सव हो। उक्त शोभायात्रामा फुलबारी इलाकाका लगभग 5 हजार मानिसहरूले अंश ग्रहण गर्ने भएका छन्। उक्त शोभायात्रा फुलबारी बटालियन मोडबाट शुरू गरेर सिलगढी जलपाईमोड गौरी मठ इलाकामा पुगेर समापन गरिने तिनले बताए यसको लागि आजदेखि जोडतोडले तयारी चलिरहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *