10 वर्षभन्दा कम समय नोकरी गरेर अवकाश प्राप्त गर्ने शिक्षकहरूले ग्र्याच्युटी पाउनेछ: विजय कुमार राई

गोरूबथान : गोरूबथानमा हिल तराई प्राथमिक शिक्षक संगठनको छैटौँ स्थापना दिवस पालन गरियो। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै दार्जिलिङ जिल्ला शिक्षा बोर्डका अध्यक्ष विजय कुमार राईले भने, 10 वर्षभन्दा कम नोकरी गर्नेहरूले सरकारी सहुलियतहरू जस्तै ग्र्याच्युटी पाउँदैनन् भन्ने धेरै अधिकारी सम्मको भनाइ थियो। तर हामीले तिनीहरूलाई ग्र्याच्युटी दिलाउन सक्षम भएका छौँ। यो बीजीपीएम अनि अनित थापाको नेतृत्वको ठुलो उपलब्धि हो।  तिनले अझ भने, जति पनि शिक्षा क्षेत्रका विज्ञ व्यक्तिहरूले बीजीपीएम पार्टी गठन हुनु अघि जुन प्रकारले समस्याहरू भोग्नु भयो, लाञ्छना सहनु भयो, पीडा खप्नु भयो त्यसबाट उन्मुक्ति बीजीपीएम-सँग संलग्न हुँदा अवश्य पाउनु भयो। तपाईहरूले नै हामीलाई स्पष्ट बहुमत दिएर पठाउनु भयो। हामी धेरै उत्साहित छौ। अनित थापाले देखेको सपना तपाईं अनि हाम्रो सपना हो। हाम्रो चाहना अनि सपनालाई नै उहाँले साकार गर्न दिनरात मेहनत गर्नु हुँदैछ। सरकारसित मिलेर जुन किसिमले अनित थापाले काम गरिरहेका छन्, त्यसको सकारात्मक परिणाम देख्नु पाएको कुरालाई बताउँदै तिनले भने, हामी शिक्षासँग सम्बन्धित समस्याहरूको समाधान गर्नुतर्फ लागेका छौ। 2013-मा धेरै शिक्षकहरूले नियुक्ति पाएका थिए। ती शिक्षकहरूमध्ये कतिले 10 वर्षभन्दा कम्ती नोकरी गरेर अवकाश प्राप्त गरेका छन्। तिनीहरूले पेन्सन आदिको समस्या भोग्नु परेको थियो। बीजीपीएम सत्तामा आउन साथ तिनीहरूको समस्यालाई हातमा लियौं। तर हामीले उहाँहरूलाई ग्र्याच्युटी दिलाउन सक्षम भएका छौ। यो बीजीपीएम अनि अनित थापाको नेतृत्वको ठूलो उपलब्धि हो। यस्तै प्रकारले अन्य समस्याहरू पनि क्रमैले समाधान हुनेछन् भनी तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *