10 करोड़भन्दा अधिक रुपियाँ ठगेको आरोपमा मल्लीबाट व्यक्ति पक्राउ

सिलगढी : सिलगढी मेट्रोपोलिटनको भक्ति नगर थाना पुलिसले 100 भन्दा अधिक मानिसहरूलाई ठगेको आरोपमा एकजना व्यक्तिलाई मल्लीबाट पक्राउ गरेको छ। पक्रा परेका व्यक्तिलाई आज जलपाईगढी अदालतमा पेश गरेर पुलिस हिरासतमा लिएको छ। पक्रा परेका व्यक्ति सिलगढीको क्लब टाउन निवासी पवन गाड़ोदिया (40)-को रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार पवन गाड़ोदियाले ईँटाको व्यवसाय रहेको बताउँदै मानिसहरूलाई कम्ती मूल्यमा ईँटा उपलब्ध गराउने नाममा लाखौँ रुपियाँ ठग्ने गर्दथे। गत केही महिनामा तिनले सिलगढीको 100 भन्दा अधिक मानिसहरूबाट 10 करोड़भन्दा अधिक रुपियाँ ठगेको बताइएको छ। गत महिना एकजना व्यक्तिले घटनाबारे थानामा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले आरोपीको सुइँको पाएपछि भक्ति नगर थानाका आईसी अमरेश सिंहको नेतृत्वमा अभियान चलाएर पवन गाड़ोदियालाई सिक्किम प्रवेश गर्न अगावै मल्लीबाट पक्राउ गरेको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *