10 करोडको ब्राउन सुगर सहित 3 जना पक्राउ

सिलगढी : सिलगढीमा करोडौँ रुपियाँको ब्राउन सुगरसहित 3 जनालाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गरियो। पक्रा परेकाहरूमा मालदा निवासी मोहम्मद सफिकुल इस्लाम, नागाल्याण्डका शेरे बीडीआर तामाङ र प्रभा मल्लिक सामेल छन्। गोप्य सूचनाको आधारमा एसटीएफले गत आइतबार अभियान चलाएर एनजेपी स्टेसन बाहिरबाट 2 केजी 23 ग्राम ब्राउन सुगर सहित 3 जनालाई पक्राउ गरेको छ। एसटीएफ सूत्रले दिएको जानकारी अनुसार उद्धार गरेको ब्राउन सुगरको अनुमानित बजार मूल्य लगभग 10 करोड रुपियाँ रहेको छ। पक्रा परेका तीनजना विरुद्ध एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *