10 लाख रुपियाँको अवैध रम-रक्सी जफत

जलपाईगढी : जलपाईगढीमा अवैध रम-रक्सीसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति बिहार निवासी रोशन अलीको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार सिमेन्ट लादिएको ट्रकमा धुपगढीबाट बिहारतर्फ अवैध रूपमा रम-रक्सी लगिरहेको जलपाईगढी कोतवाली थाना पुलिसले गोप्य सुइँको पाएपछि यसको आधारमा यहाँको पहाडपुरको राष्ट्रिय राजमार्ग नजिक गोशाला मोडमा अभियान चलाएर उक्त ट्रकलाई रोकेर छानबीन गर्दा धेरै मात्रामा अवैध रम-रक्सी उद्धार गरेको बताइएको छ। जफत गरेको अवैध रम-रक्सीको अनुमानित बजार मूल्य लगभग दस लाख रुपियाँ रहेको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *