10 लाख रुपियाँको नकली रम-रक्सी बनाउने समानहरू सहित युवक पक्राउ

विधाननगर : 10 लाख रुपियाँको नकली रम-रक्सी बनाउने सर-समानहरू सहित एकजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक रायगञ्ज निवासी विप्लव पासवानको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार फाँसीदेवा विधाननगरको मुरलीगञ्ज चेकपोस्टमा नाका चेकिङ अवधि पुलिसले एउटा पिकअप भ्यानलाई रोकेर छानबीन गर्दा धेरै मात्रामा नकली रम-रक्सी बनाउने सर-समानहरू, 200 लिटर काँचो स्प्रिट, विभिन्न विदेशी रम-रक्सीको स्टिकर, सिसाको बोतल उद्धार गरेको छ। पुलिसले घटनामा पिकअप भ्यानका चालकलाई पनि पक्राउ गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *