10 परिवार गोजमुमो विनय खेमामा सामेल

बिजनबारी: विधानसभा चुनाउको मिति जति-जति नजिक आउँदैछ, त्यतिनै पहाडमा एउटा पार्टी छोडेर अर्को पार्टीमा सामेल हुने क्रम जारी देखिन्छ। यसै क्रममा आज बिजनबारीको रेलिङ कैंजले समष्टि अन्तर्गत लांगुरदङ्गको बूथ संख्या 23/38 बाट 10 परिवार गोजमुमो बिनय खेमामा सामेल भएका छन। गोजमुमो उपाध्यक्ष सतिस पोख्रेलको निवासमा एउटा औपचारिक कार्यक्रमको साथमा तिनीहरूले उपाध्यक्ष पोख्रेलको हातबाट दलिय झण्डा ग्रहण गरे। विनय खेमामा सामेल हुनेहरूमा बिरेन राई, खेमराज राई, बुद्धराज राई, दीपेन राईडीकेन राई, राकेश राई, अनमोल राई, मनोज गुरूङ, मन बहादुर गुरूङ, जय बहादुर गुरूङ प्रमुख रहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *