11 दिवसीय शिव महापुराणको समापन

खरसाङ : खरसाङ महकुमाको सिविटार चियाबारीमा सम्पन्न भइरहेको 11 दिवसीय शिव महापुराणको आज पुजा-होम भएपछि समापन गरियो। पहिलो दिन कलश यात्राबाट शिव महापुराण शुरु भएर दिनहुँ शिव महापुराणका पाठहरु, अखण्ड भजन कीर्तन लगायत विभिन्न आध्यात्मिक कार्यक्रमहरू पछि आज अन्तिम दिन होम गरेर 11 दिवसीय शिव महापुराणको समापन गरियो। यस शिव महापुराणमा गुरुजीहरु नेपाल, असम लगायत संगीतकारहरू सोनादा, दार्जिलिङ, मिरिकबाट आएका थिए। आयोजक समितिको पक्षमा उत्तम छेत्रीले सहयोग पुऱ्याउने सबैप्रति आभार प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *