11 दिवसीय श्री शिव महापुराणको समापन

सुकेपोखरी : पोख्रेबुङ ग्राम पञ्चायत तीनको नागरी फार्म चियाबारी जुक्तिमान सरदार गाउँद्वारा आयोजित 11 दिवसीय सङ्गीतमय श्री शिव महापुराणको आज समापन गरियो। पण्डित किशोर पौड़याल आर्चाय, पण्डित भीम कोइराला शास्त्री तथा पण्डित सुदर्शन भण्डारी शास्त्रीको अगुवाईमा सम्पन्न यस कार्यक्रमका वाद्यवादक लोकेश नेपाल, हेमराज खनाल, भेषराज रिजाल रहेका थिए भने विकाश निरौला एवम् स्थानीय कलाकारले भजन गायन प्रस्तुत गरेका थिए। स्थानीय लगायत दुधे, बिजनबारी, थर्बु, गोपालधारा, मिमकमान आदि ठाउँबाट आएका श्रद्धालुहरूको व्यापक उपस्थितिमा सम्पन्न उक्त शिव महापुराणमा कथामा आधारित झाँकीहरू, प्रश्नोत्तर आदि समावेश गरिएको थियो। उक्त शिव महापुराण कार्यक्रमलाई सफल बनाउन सामाजिक, आर्थिक, शारीरिक सहयोग साथै सर-सामानहरू उपलब्ध गराउने सङ्घ-संस्था, सङ्गठन एवम् व्यक्तिहरूप्रति आयोजक समितिका अम्बिका प्रसाद पौड्यालले आभार प्रकट गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *