11 लाख रुपियाँको गाँजासहित 4 पक्राउ

जलपाईगढी : जलपाईगढी कोतवाली पुलिसले गोप्य सूचनाको आधारमा अभियान चलाएर जलपाईगढीको घोषालामोड राष्ट्रिय राजमार्गबाट 4 जना व्यक्तिसहित 75 किलोग्राम गाँजा पक्राउ गरेको छ। उक्त पक्रा परेको गाँजाको मूल्य अनुमानित 11 लाख रुपियाँ बताइएको छ। पक्रा पर्नेहरूमा सुभाष सरकार, राजकुमार चौधरी, भोला मण्डल र मोहम्मद इरसादको रूपमा सामेल छन्। प्राप्त जानकारीअनुसार उक्त उद्धार गरिएको गाँजा कुचबिहारदेखि तस्करी गरेर बिहार लगिरहेको थियो। पक्रा पर्ने आरोपीहरूलाई भोलि जलपाईगढी जिल्ला अदालतमा पेश गरिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *