11 नम्बर वार्डका भाजपा प्रार्थी मञ्जुश्री पालको समर्थनमा रङ्गारङ्ग शोभायात्राको आयोजना

सिलगढी : सिलगढी नगरनिगम चुनाउको प्रचारको लागि आज अन्तिम दिन रहेकोले सबै राजनैतिक पार्टीका प्रार्थीहरू चुनाउ प्रचार गर्नमा व्यस्त छन्। सिलगढीको 11 नम्बर वार्डका भाजपा प्रार्थी मञ्जुश्री पालको समर्थनमा आज एउटा रङ्गारङ्ग शोभायात्राको आयोजना गरेर वार्डको विभिन्न पथहरूको परिक्रमा गर्यो। उक्त शोभायात्रामा 12 नम्बर वार्डका भाजपा प्रार्थी नान्टु पाल लगायत  पार्टीका कार्यकर्ता तथा समर्थकहरू धेरै संख्यामा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *