11 परिवार टीएमसी छोडेर गोजमुमो-मा सामेल

बिजनबारी: पुल बिजनबारी गोक समष्टिको 23/57 बुथ कमिटीद्वारा आयोजित एउटा संगठनिक सभामा भलायो डाँडा गाउँका 11 घर परिवार टीएमसी छोडेर गोजमुमोमा सामेल भएको छ। गोजमुमो नेतृत्व विनय तामङ अनित थापाको मार्ग दर्शन पालन गर्दै समष्टि प्रमुख एसएम राईको नेतृत्वमा उक्त 11 परिवारका सदस्यहरूले गोजमुमोको झण्डा ग्रहण गरे। समष्टि सभापति दुर्गा प्रसाद छेत्रीको सभापतित्वमा सम्पन्न सभामा समष्टि कमिटीका सदस्यहरू, युवा मोर्चा सभापति सनित लामा, युवा मोर्चा केन्द्रिय कमिटी सदस्य भिम सुब्बा लगायत बुथ कमिटीका कार्यकारी सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *