11 सुत्रीय मागलाई लिएर सीपीएम-द्वारा राजगञ्जका बीडीओलाई ज्ञापन

राजगञ्ज : 11 सुत्रीय मागलाई लिएर सीपीएमले आज राजगञ्ज बीडीओ कार्यालयमा एउटा ज्ञापन चढायो। सारा भारत कृषकसभा, सारा भारत खेतमजदुर युनियन र सिटुको तर्फबाट आज बीडीओ कार्यालय अघि विक्षोभ प्रदर्शन गर्नको साथै ज्ञापन पत्र पनि चढायो। उक्त ज्ञापन पत्रमा नयाँ कृषि कानुन रद्द गरिनुपर्ने, श्रम कोड तथा विद्युत बील रद्द गरिनुपर्ने, पेट्रोलियम पदार्थ एवम् दैनिक प्रयोजनीय सर-समानको मूल्य वृद्धिमा रोक लगायत अन्य विविध मागल उल्लेख गरिएको छ। संगठनको आरोप अनुसार केन्द्रको जनविरोधी नीतिले गर्दा सबै वर्गका मानिसहरूले असुविधा भोग्न परिरहेको छ। यसबाहेक 100 दिनको काम र आवास योजना लगायत विभिन्न क्षेत्रहरूमा सत्ताधारी दलको भ्रष्टाचार तथा भाई-भतीजावादले गर्दा साधारण मानिसहरूले समस्याको सामना गर्न परिरहेको छ। प्रशासनलाई यसबारे जानकारी भए तापनि कुनै प्रकारको कार्वाही नगरेको संगठनको आरोप रहेको छ। यस अवसरमा सीपीएम राजगञ्ज एरिया कमिटीका सचिव रतन राय, अमूल्य राय, मोक्ताल हुसेन, मजीदुल हक, सौकत अली लगायत संगठनका अन्य नेताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *