11 वटा सुगासहित तस्कर युवक पक्राउ

राजगञ्ज : पक्षी तस्करी गर्ने मूल नाइकेलाई 11 वटा सुगासहित पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गरियो। प्राप्त जानकारीअनुसार सोमबार राति फुलबारी 1 नम्बर ग्राम पञ्चायत अन्तर्गत पर्ने साउथ कोलनीमा वन विभागले अभियान चलाएर 11 वटा पक्षीसहित मोहम्मद उकील नामक एकजना व्यक्तिलाई पक्राउ गरेको छ। बैकुण्ठपुर वन विभागको उत्तरबंग स्पेशल टास्क फोर्सका अधिकारी सञ्जय दत्तले बताएअनुसार केही दिनदेखि अन्तर्राष्ट्रिय तस्करले पक्षी तस्करी गर्ने गरेको गोप्य सुइँको पाएपछि यसैको आधारमा अभियान चलाइएको थियो। उक्त अभियान अवधि सोमबार राति साउथ कोलनीस्थित घरबाट 11 वटा पक्षीसहित मोहम्मद उकीललाई पक्राउ गरेको हो। सोधखोज अवधि पक्रा परेका मोहम्मदले जङ्गली सुगा, मैना तथा अन्य पक्षीहरूको नेपाललगायत विभिन्न राज्यहरूमा बिक्री गर्ने गरेको स्वीकार गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *