12 करोड़को ब्राउन शुगरसहित एकजना पक्राउ

सिलगढी : फाँसीदेवा पुलिसले 12 करोड़ रुपियाँको ब्राउन शुगरसहित असम निवासी आशिक अली नामक युवकलाई पक्राउ गरेको छ। पुलिसले एनडीपीएस एक्टअन्तर्गत कार्वाही गर्दै उक्त युवकलाई आज अदालतमा पेश गरेपछि 14 दिनको पुलिस हिरासतमा पठाएको छ। फांँसीदेवा थाना पुलिसले एउटा कारमा तस्करी गर्नको लागि ड्रग्स फाँसीदेवा राष्ट्रिय मार्ग हुँदै कोलकाता लगिरहेको गोप्य सुइँको पाएपछि पुलिसले नाका चेकिङ अवधि उक्त कारलाई रोकेर छानबीन गर्दा 4.9 किलो ब्राउन शुगर उद्धार गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *