12 फुट लामो अजिङ्गरसित फोटो खिँच्ने क्रममा युवक घाइते

बाघडुग्रा : बाघडुग्रा गोंसाईपुर इलाकामा 12 फुट लामो अजिङ्गर उद्धार भएको छ। उक्त अजिङ्गरसित फोटो खिँच्ने क्रममा एकजना युवक घाइते भएका छन्। बाघडुग्राको गोंसाईपुरमा आज साँझ सुरक्षाकर्मीहरूले एउटा निर्माणाधीन बहुतले भवनमा 12 फुट लामो अजिङ्गर देखेपछि उक्त अजिङ्गरलाई पक्रेर वन विभागलाई खबर दिए। यसै क्रममा सडकमा आवत-जावत गर्ने मानिसहरूले उक्त अजिङ्गरसित फोटो खिँच्ने प्रयास गर्दा एकजना युवक घाइते भएको बताइएको छ। उक्त घटनापछि घाइते युवकलाई उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। बाघडुग्रा वन विभागका वनकर्मीहरू घटनास्थलमा पुगेर उक्त अजिङ्गरलाई उद्धार गरेर लगेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *