12 घन्टा बन्दले सिक्किम जाने पर्यटकहरूलाई सिलगढीमा असुविधा

सिलगढी (निसं): सुप्रिम कोर्टले सिक्किमे नेपालीलाई विदेसीको लाञ्छना लगाएको आरोपमा यसको घोर प्रतिवाद जनाउँदै सिक्किम ज्वाइन्ट एक्सन काउन्सिलले सिक्किममा आज बिहान 6 बजेदेखि साँझ 6 बजेसम्म 12 घन्टा बन्द बोलाएको छ। बन्दले गर्दा विशेष गरेर सिक्किम घुम्न आउने पर्यटकहरूले सिलगडीमा असुविधाको सामना गर्न परेको देखियो। आज सिलगढीको एसएनटी बस स्टयान्डबाट कुनै पनि दैनिक सिक्किम चल्ने सरकारी बस (एसएनटी)  चलेन। यसले गर्दा धेरैजना पर्यटकहरू सिक्किम जान नपाएपछि सिलगढी बस स्ट्यान्डमा घन्टौसम्म असुविधामा परेको देखियो। बन्दले गर्दा केवल सिलगढीमा मात्र नभएर रम्फु नजिक बंगाल क्षेत्रमा पनि पर्यटकहरू फँसेको जानकारी प्राप्त भएको छ। तिनीहरू बन्द खोल्ने समय साँझ 6 बजेको पर्खाइमा रहेको बताइएको छ। किनभने साँझ 6 बजेपछि बन्द खोलिने छ। यसैगरी, धेरैजना मानिसहरू आज बिहानैदेखि सिलगढीको जक्सनस्थित सिक्किमगामी साना वाहनहरूको पर्खाइमा रहेको पनि देखियो। बन्दले गर्दा आज साना वाहनहरू पनि सिक्किम गएन। तथापि आज अपरान्ह केही वाहनहरू सिलगढीदेखि रम्फु बंगालसम्मको लागि प्रस्थान गरेको देखिए तापनि त्यहाँबाट साँझ 6 बजेपछि बन्द खोलिएर मात्र सिक्किम प्रवेश गर्ने बताइएको छ।


 

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *