12 नम्बर वार्डका तृणमूल प्रार्थी बासुदेव घोषले र्‍यालीको माध्यमद्वारा गरे चुनाउ प्रचार

सिलगढी : सिलगढी नगरनिगम चुनाउ आउन अब केही दिन मात्र बाँकी रहेकोले सबै राजनैतिक पार्टीले जोडतोडले चुनाउ प्रचार गरिरहेका छन्। यसै क्रममा सिलगढीको 12 नम्बर वार्डका तृणमूल प्रार्थी बासुदेव घोषले आज र्‍यालीको माध्यमद्वारा चुनाउ प्रचार गरे। यस अवसरमा महिला कार्यकर्ता तथा समर्थकहरूले शंख फुकेर, उल्लू ध्वनि बजाएर एउटा र्‍याली निकालेर वार्डको विभिन्न इलाकाहरूको परिक्रमा गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.