12 वटा गाई-गोरूसहित एकजना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले फुलबारीमा अभियान चलाएर 12 वटा गाई-गोरूसहित मोहम्मद जब्बार नाम गरेको एकजना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार गोप्य सूचनाको आधारमा एनजेपी थाना पुलिसले फुलबारी इलाकामा अभियान चलाएर 12 वटा गाई-गोरू, पिकअफ भ्यान लगायत खलासीलाई पक्राउ गरेको छ भने वाहन चालकले सुइँकुच्चा ठोकेको बताइएको छ।


जफत गरेको उक्त गाई-गोरू इस्लामपुरदेखि राजगञ्जतर्फ लगिरहेको पुलिस सूत्रले जनाएको छ। पक्रा परेका व्यक्तिलाई आज जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *