13 नम्बर वार्ड कमिटीको पहलमा गङ्गाजल वितरण

सिलगढी : सिलगढी नगरनिगमको 13 नम्बर वार्ड कमिटी एवम् वार्ड काउन्सिलर मानिक दे-को पहलमा पञ्जाबीपाडामा सुल्तानगञ्जबाट ल्याएको उत्तरमुखी गङ्गाजल वितरण गरियो। प्रत्येक वर्षझैँ यस वर्ष पनि भक्तहरूलाई गङ्गाजल तथा प्रसाद वितरण गरियो। सिलगढी नगरनिगमका मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार, बोरो चेयरम्यान जयन्त साहा, काउन्सिलर प्रीतिकणा विश्वास, मेयर परिषद सेविका मित्तल लगायत अन्यले गङ्गाजल वितरण गरे। यस अवसरमा काउन्सिलर मानिक दे-ले भने, यसभन्दा अघि पनि यस प्रकारको कार्यक्रमको आयोजना गरिएको थियो। सुल्तानगञ्जबाट 120 लिटर उत्तरमुखी गङ्गाजल ल्याएर आज साधारण मानिसहरूलाई वितरण गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.