13 र 14 दिसम्बर सिलगढीमा पिउने पानीको परिसेवा बन्द रहने

सिलगढी : सिलगढीमा आगामी 13 र 14 दिसम्बरको दिन पिउने पानी परिसेवा बन्द गरिने भएको छ। आज पत्रकारहरूसित कुराकानी गर्दै सिलगढी नगरनिगमका प्रशासक गौतम देवले यसबारे जानकारी गराए। तथापि, दुई दिन पिउने पानीको परिसेवा बन्द भए तापनि सिलगढी नगरनिगमले यसको विकल्प व्यवस्था अप्नाउने तिनले बताए। आज नगरनिगम जल विभागको दायित्वप्राप्त प्रशासक मण्डलीका सदस्य अलोक चक्रवर्तीको उपस्थितिमा गौतम देवले एउटा जरूरी बैठक गरे। सिलगढी नगरनिगम इलाकामा पिउने पानीको सर्वराह उचित रूपमा गर्न सकियोस् भन्ने उद्देश्य लिएर आगामी 13-14 दिसम्बरको दिन फुलबारी क्यानलको मरमति गरिने भएको छ। यसैले गर्दा 13 दिसम्बर आधा दिन अनि 14 दिसम्बरमा पुरै दिन पिउने पानीको सर्वराह बन्द गरिने बताइको छ। यस सम्बन्धमा प्रशासक गौतम देवले भने, उक्त दुई दिन पिउने पानीको सर्वराह बन्द गरेकोमा सहरवासीलाई कुनै प्रकारको असुविधा नहोस् भन्ने उद्देश्य लिएर नगरनिगमले यसको विकल्प व्यवस्था गर्ने तिनले बताए। उक्त दुई दिन पानीको सर्वराह पुरा गर्नको लागि 45 वटा पिकअप भ्यान, 1.5 लाख पानीको प्याकेट, 45 वटा पीभीसी पानीको ट्याङ्की एवम् उक्त कार्यको लागि 65 जना कर्मचारीहरू नियुक्त गरिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *