13 सूत्रीय मागलाई लिएर सिलगढीमा दार्जिलिङ जिल्ला मिड डे मील कर्मी युनियनको पहिलो सम्मेलन

सिलगढी : वामपन्थी श्रमिक संगठन सिटु अनुमोदित पश्चिमबंग मिड डे मिल कर्मी युनियनको दार्जिलिङ जिल्लाका कुकहरूलाई लिएर आज सिलगढीमा  पहिलो सम्मेलनको आयोजना गरियो। उक्त सम्मेलनको माध्यमद्वारा पश्चिमबंग मिड डे मिल कर्मी युनियनका सदस्यहरूले तिनीहरूको विविध समस्या तथा अभियोगहरू उठाए। सिलगढीको हिलकार्ट रोडस्थित अनिल विश्वास भवन अघिबाट पश्चिमबंग मिड डे मिल कर्मी युनियनका सदस्यहरूले एउटा र्‍याली पनि निकालेर हासमी चोक हुँदै कञ्चनजङ्गा स्टेडियमको हल घरमा पुगेर समापन गरियो। यसपछि स्टेडियमको हल घरमा पश्चिमबंग मिड डे मिल कर्मी युनियनको पहिलो सम्मेलनको आयोजना गरियो। उक्त सम्मेलनमा न्यूनतम 21 हजार रुपियाँ भत्ता, नियमित रूपमा  वेतन दिइनुपर्ने, माध्यमिक स्तरसम्म मिड डे मिल शुरू गरिनुपर्ने, नियुक्त गरिएको कर्मीहरू बर्खास्त गर्न नपाउने, प्रत्येक खाना पकाउने कर्मीलाई परिचय पत्र दिइनुपर्ने आदि विषयमा चर्चा परिचर्चा गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *