13 वटा विकास बोर्डले विनयका प्रार्थीहरूलाई समर्थन गर्ने

सिलगढी : विधानसभा चुनाउमा 13 वटा विकास बोर्डका प्रतिनिधिहरूले गोजमुमो विनय तामाङको प्रार्थीलाई समर्थन गर्ने भएका छन्। सिलगढीमा आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर लेप्चा बोर्डका अध्यक्ष ल्याङ साङ तामसाङले यसबारे जानकारी दिएका छन्। तिनले दिएको जानकारीअनुसार 13 वटा बोर्डले तराई-डुवर्समा तृणमूललाई समर्थन गर्ने भएको छ भने गोजमुमो विनय पन्थीका प्रार्थीहरू दार्जिलिङमा केशवराज पोख्रेल, कालेबुङमा रूदेन सादा लेप्चा र खरसाङमा छिरिङ लामा दाहाललाई समर्थन गर्ने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *