13 वटा सुगा सहित एकजना पक्राउ

खोरीबारी : तस्करी गर्न अगावै 13 वटा सुगा सहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति 35 वर्षीय प्रदीप माहातोको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार खोरीबारीको भाल्लुकगाडा इलाकामा सुगा तस्करी गर्ने घोषपुकुर वन विभागले खबर पाएपछि उक्त इलाकामा अभियान चलाएर 13 वटा सुगा सहित एकजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। घोषपुकुर वन विभागका रेञ्जर सोनम भुटियाले बताएअनुसार गोप्य सूचना पाएर घोषपुकुर वन विभागले अभियान चलाएर 13 वटा सुगा सहित एकजना व्यक्तिलाई पक्राउ गरेको हो। उक्त सुगा कहाँबाट ल्याइएको अनि कता तस्करी गर्ने भन्ने विषयमा जाँच शुरू गरेको छ। पक्रा परेका व्यक्तिलाई भोलि सिलगढी अदालतमा पेश गरिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *