140 बोतल अवैध कफ सिरप सहित युवक पक्राउ

राजगञ्ज : राजगञ्ज थाना पुलिसले 140 बोतल अवैध कफ सिरप सहित एकजना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गरेर 7 दिनको पुलिस हिरासतमा लिएको छ। पक्रा परेका युवक सन्न्यासीकाटा ग्राम पञ्चायतको चतुरागछ इलाका निवासी 28 वर्षीय आबुबक्कर सिद्दिकको रूपमा चिन्हित गरिएको छ। गत साँझ राजगञ्जको गिरानछ इलाकाको एउटा चियाकमानबाट अवैध कफ सिरप सहित उक्त युवकलाई पक्राउ गरिएको हो। पुलिस सूत्रले दिएको जानकारीअनुसार पक्रा परेका युवकले धेरै दिन अघिदेखि अवैध कफ सिरप यहाँको विभिन्न इलाका लगायत सीमा पारि तस्करी गर्ने गर्दथ्यो। उक्त कार्यमा संलग्न रहेका अन्य व्यक्तिहरूको पुलिसले खोजी शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *