143 किलो गाँजासहित एकजना युवक पक्राउ

राजगञ्ज:  आमबाड़ी थाना पुलिसले 143 किलो गाँजा सहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने युवक कूचबिहारको पाटछाड़ा गाँउका विश्वजीत बर्मन (22) को रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्र अनुसारगोप्य सूचनाको आधारमा एउटा सानो मालवाहक वाहनमा धेरै मात्रामा गाँजा लिएर सिलगढी गइरहेको थाहा पाएपछि पाएपछि आमबारी पुलिसले साहुडांगी मोडमा नाका टेकिङ गऱ्यो। यसपछि पुलिसलाई देखेर वाहन चालक अनि त्यसमा सवार अन्य व्याक्तिहरू पिकअप भ्यान छोडेर चम्पट कसे। यस अवधि छानबिन गर्दा पिकअप भ्यानबाट 143 किलो गाँजा उद्धार गरेको छ। घटनाको जाँचमा जुटेको आमबारी थाना पुलिसले वाहनको मालिकलाई पक्राउ गरेको बताइएको छ। गाँजाको तस्करीमा पक्रा परेका युवकलाई आज अदालतमा पेश गरेर पुलिस हिरासतमा लिइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *