सिलगढी : आगामी 14 अप्रेलको दिन उत्तर बङ्गलको पहिलो पेशेदार फुटबल क्लब केएफसी-को स्थापना दिवस ब्लु माउन्टेन रिजोर्ट सालबारी नजिक पालन गरिने भएको छ। उत्तर बङ्गाललाई राष्ट्रिय लीगमा प्रतिनिधित्व गर्ने अनि लुकेर बसेको प्रतिभावन खेलाडीहरूलाई उचित प्लेटफार्म प्रदान गर्ने उद्देश्यले स्थापना गरेको केएफसी-ले 10 वर्षमा पाइला टेकेको छ। आगामी 14 अप्रेल 2023 पहिला बैशाखको पावन अवसरमा केएफसी-ले दसौँ स्थापना दिवस पालन गर्ने भएको छ। यस अवसरमा पूर्व फुटबल लिजेन्डहरूलाई पनि निमन्त्रणा गरिएकोले कार्यक्रमको नाम ‘मिट द आइकन्स’ राखिएको छ। केएफसी-ले फुटबल खेलाडीहरू बाहेक अन्य विधामा रहेका खेलाडीहरूलाई पनि प्रोत्साहन प्रदान गर्ने सोच राखेर काम गर्दै आइरहेको छ । कार्यक्रममा फुटबल लिजेण्ड श्याम थापा मुख्य रूपमा उपस्थित रहनेछन् । केएफसी-को स्थापना दिवसमा सम्पूर्ण पेट्रन, मेम्बर तथा सहयोगीहरूलाई आमन्त्रित गरिएको छ। स्मरण रहोस्, फरवरी 2013-मा केएफसी-को स्थापना भएको थियो भने त्यस समय केवल 17 जना खेलाडीहरू थिए ।
