14 वर्षीय नाबालिकालाई दुष्कर्म गरेपछि गर्भपात गराएको आरोपमा 5 जना पक्राउ

सिलगढी : 14 वर्षीय एउटी नाबालिकासित दुष्कर्म गर्नको साथै जबरजस्ती तिनको गर्भपात गरेको आरोपमा पुलिसले 5 जनालाई पक्राउ गरेको छ। उक्त घटना साउथ अम्बेदकर कोलनी इलाकामा घटेको हो। प्राप्त जानकारीअनुसार उक्त इलाकामा नाबालिका आफ्नो परिवारका सदस्यहरूसित भाडाको घरमा बस्दै आइरहेका थिए। पक्रा पर्ने आरोपीहरूमा नाबालिकाको आमा, दाजु, एकजना छिमेकी, घर मालिक र तिनको स्वास्नी सामेल छन्। घर मालिक राजेश चन्द्र देव, तिनकी स्वास्नी सुमन देव, छिमेकी नरोत्तम मण्डल लगायत नाबालिकाको परिवारका दुई सदस्यहरूलाई आज सिलगढी अदालतमा पेश गरियो। स्थानीय सूत्र अनुसार लगभग एक सप्ताह अघि उक्त नाबालिका गर्भवती भएको थाहा पाएपछि गाउँलेहरूको दबाउमा नाबालिकाको आमाले आफ्नो छोरी गर्भवती भएको स्वीकार गर्नको साथै नर्सिङ होममा लगेर गर्भपात गरेको बताइएको छ। उक्त घटनापछि स्थानीय मानिसहरूमा क्षोभ देखा पर्नको साथै हिजो उक्त नाबालिकाको घर अघि विरोध-प्रदर्शन पनि गरे। यसपछि घटनाबारे प्रधाननगर पुलिसलाई जानकारी दिएपछि पुलिसले 5 जनालाई पक्राउ गरे। पक्रा पर्ने महिला आरोपीहरूलाई महिला पुलिस थाना पठाइयो भने आज तिनीहरू सबैजनालाई सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *