14 दिनको लकडाउनपछि आजदेखि खोलियो सिलगढी बजार

सिलगढी : 14 दिनको लकडाउन समाप्त भएपछि आज बिहानैदेखि सिलगढी सहर फेरि सामान्य भइरहेको छ। सहरको सडकहरूमा मानिसहरूको निक्कै चहल-पहल देखियो। सहरमा कोरोना संक्रमितहरूको संख्या लगातार बढ़िरहेकोले गर्दा प्रशासनको तर्फबाट सिलगढी नगरनिगम इलाका दुई सप्ताहको लागि लकडाउन गरिएको थियो। आजदेखि लकडाउन समाप्त भए तापनि कन्टेनमेन्ट इलाकामा भने प्रतिबन्ध लगाइएको जिल्लाशासक एस पन्नमबलमले बताए। आज बिहानैदेखि सहरका विभिन्न बजार र दोकानहरू खोलियो। सहरका सड़कहरूमा सबै मानिसहरूले माक्सको प्रयोग साथै सबै सुरक्षाको नियमहरू पालन गरोस् भन्ने उद्देश्यले पुलिसले नजर राखिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *