14 दिनको क्वारेन्टाइन सकेपछि लोग्ने-स्वास्नी होम क्वारेन्टाइनमा

खरसाङ: खरसाङ महकुमा अन्तर्गत पर्ने तीनधारे-महानदी समष्टिको सिविटारको सेल्टर होममा बसेका दुईजनाले आज चौध दिनको क्वारेन्टाइनको समयावधि समाप्त गरेपछि तिनीहरूलाई होम क्वारेन्टाइनमा सारिएको छ। आज चौध दिनको समयावधि सकेर सिविटार नवदीप युथ क्लबको पदाधिकारीहरू र सदस्यहरूले दुवैलाई खदार्पण गरेर अनुशासित रूपमा क्वारेन्टाइनमा बसेर उदाहरण प्रस्तुत गरेकोमा आभार प्रकट गरेको छ। उक्त दुईजना लोग्ने-स्वास्नी गत 20 मईको दिन चेन्नईबाट बसमार्फत् आएका थिए। दुवैको स्वाब टेस्ट सिमलबारीमा गरिएको थियो। यस अवसरमा नवदीप युथ क्लबका उपाध्यक्ष दिलीप प्रधान, सल्लाहकार उत्तम छेत्री, सिविटार चियाबारीको बगान बाबु जनक छेत्री, नवदीप युथ क्लबका पदाधिकारीहरूलगायत सदस्यहरू, बगानका प्रबन्धक, बागनका स्वास्थ्य अधिकारी , सिविटारको आशाकर्मी उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *